बिपी प्रतिष्ठानमा ६० हजार धरौटी राखि दैनिक १५ हजार तिरे मात्र सङ्क्रमितको उपचार हुने

Posted on: 23 Oct, 2020

कात्तिक ७, काठमाडौँ | सरकारले कोरोना संक्रमित आफैले आफ्नो उपचारको खर्च व्यहोर्नुपर्ने नीति लिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जटिल कोरोना सङ्क्रमितका लागि ६० हजार रुपयाँ धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । 

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै कात्तिक ९ गतेदेखि लागु हुने गरी कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरि धरौटी राखेपछि मात्र उपचार गर्ने जनाएको छ । अस्पतालले सरकारको निर्देशन अनुसार बिज्ञप्ति जारी गरेको जानकारी दिएको छ । अस्पतालको अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले रु सात हजार धरौटी राख्नुपर्ने  र प्रतिदिन रु दुई  हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राख्नुपर्नेछ र प्रतिदिन तीन हजार ५०० शुल्क तिर्नुपर्ने छ । त्यस्तै मध्यम लक्षण भएका बिरामीले रु ३५ हजार धरौटी र  प्रतिदिन शुल्क सात हजार ५०० तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले रु ६० हजार धरौटी राखी दैनिक रु १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारको नीति अनुरुप आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि रु दुई हजार २०० शुल्क तोकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!