रेडपाण्डाको छालासहित चार पक्राउ

Posted on: 22 Oct, 2020

कात्तिक ६, कर्णाली | दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

वीरेन्द्रनगर–६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!