थप १३१३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

Posted on: 25 Sep, 2020

असोज ९, काठमाडौं । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।  

आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ जिल्ला कोरोनासंक्रमुक्त भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!