मकवानपुरमा बुधबार २६ जनामा कोरोना पुष्टि

Posted on: 23 Sep, 2020

असोज ७, मकवानपुर । मकवानपुरमा बुधबार २६ जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरमा बुधबार साँझ थप १२ जनामा  कोरोना पुष्टि भएको छ भने आज बिहान मात्र  १४ जना कोरोना संक्रमित थपिएका थिए।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार  साँझ १२ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ८  महिला र ४ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज ५ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको  परीक्षणको नतिजा   सार्वजनिक गरेको जनाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!