एकाबिहानै भूकम्पले हल्लायो काठमाडौँ

Posted on: 16 Sep, 2020

भदौ ३१, काठमाडौँ | काठमाडौँ । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । 

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान ५:१९ बजेको समयमा ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । 


यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

काठमाडौँ उपत्यकामा एकाबिहानै भूकम्पको धक्का महशुश भएपछि सुतिरहेका मानिसहरु समेत ब्युझिएर घरबाहिर निस्किएका थिए । 

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!