ओलम्पियन नयना दम्पतीलाई कोरोना

Posted on: 15 Sep, 2020

भदौ ३०, काठमाडाँै (रासस) । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शाक्यसँगै उहाँका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो ।

पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताउनुभयो । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पिसिआर परीक्षण गराएको शाक्यले बताउनुभयो । 

पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिनुभयो ।

तीनै जना घरमै आइसोलेसनमा बसिरहनुभएको छ । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उहाँले सबैमा आग्रह गर्नुभएको छ । शाक्यले आठौं दक्षिण एशियाली खेलकुद ९साग० मा पौडीमा स्वर्ण पदक जित्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!