श्रीमती लिन भन्दै गएका एक युवकको रस्यमय मृत्यु

Posted on: 14 Sep, 2020

दान बहादुर बुढा | भदौ २९, मुगु | मुगुमा एक युवकको विहिवार रस्यमय मृत्यु भएको पाईएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाँउका २१ बषका रामकृष्ण विष्टको रहस्यमय मृत्यु भएको आफन्तको भनाई रहेको छ । 

मृतक बिस्टका परिवारको स्रोतका अनुसार जिल्लाको परिश्चमी भेगमा पर्ने खत्याड गाउपालिका वडा नं ५ कवागाउको आफ्नो ससुरालि घरमा गएका थिए । गएको २६ गते कवा गाउको नजिकै एक रुखमा झुण्डीएको अवस्थामा फेला परेको छायानाथ रारा नगरपालिका वडा नं ८ का स्थानीय बासि रतन रावलले बताए । 

स्थानीय रावलका अनुसार यसरी मृतक विष्टको शब भेटिए पछि मृतकका परिवारले पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा ल्याईएको जनाईएको छन । रावले भने यस भन्दा अगाडी एक हप्ताको लागि मृतक विष्टकी श्रीमतीले सम्बन्ध बिच्छेदको प्रक्रिया राखेकि थिईन तर श्रीमानले गर्न मानेका थिएनन् । 

श्रोतकाअनुसार श्रीमतीले प्रत्यक्षफोन गरेर श्रीमानलाई आफुलाई घर लिन आउ भनेकि थिईन तर विडम्बना श्रीमती ल्याउन गएका विष्ट भाग्य बस लास लिएर घर फर्किएको मृतक विष्टका भतिजा रतन रावलले बताए । जिल्लाप्रहरी कार्यालय मुगुकाअनुसार यसको विषयमाथप अनुसन्धान भई रहेको जानकारी दिएको छ । भर्ने मृतकका ससुराली लगायत आफन्तहरुबाट यो घटनाको बारे अनुसन्धान भैरहेको बताएको छ । 


मृत्यू भएका बिस्ट को लास जिल्ला अस्पताल आईतबार ल्याईएको भए पनि बिहिबार बिहान सम्म पोस्टमार्टम नभएको पनि मृतकका परिवारले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!