थप ४६४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो

Posted on: 07 Aug, 2020

साउन २३, काठमाण्डाै । नेपालमा पछिल्लाे २४ घण्टामा थप चार सय ६४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ७० पुगेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!