तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो

Posted on: 10 Jul, 2020

असार २६, तनहुँ । लगातारको वर्षापछि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । 

सेती नदिको भेलसंगै सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि उक्त बजारको ४२ घर डुबानमा परेका छन् । बजारको वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

सेती नदी बसेर बस्तीभित्रै छिरेपछि त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय वडा नम्बर ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार त्यहाँका स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाईएको छ । बाढी पस्दा केही पशु चौपाया पनि बगाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!