फिल्म निर्माता संजय लीला भंसाली पुलिस स्टेशनमा

Posted on: 06 Jul, 2020

असार २२, काठमाडौँ | भारतीय अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा मुम्बई पुलिसले फिल्म निर्माता संजय लीला भंसालीसँग सोधपुछ गरिरहेको छ । गत हप्ता मुम्बई प्रहरीले भंसाली र शेखर कपुरसँग सोधपुछका लागि सूचना जारी गरेको थियो । 

पुलिसले सोधपुछको लागि सोमबार भंसालीलाई बोलाइएको भारतीय संचार माध्यमले जनाएका छन् । भंसाली ती आठ व्यक्तिमध्ये एक हुन् जसविरुद्ध विहारमा सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता भएको छ ।


पुलिसले बोलाएपह्चि सोमबार संजय भंसाली करिब साढे १२ बजे पुलिस स्टेशन पुगेका छन् । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार भन्सालीले सोमबार बिहान जुहुस्थित आफ्नो कार्यालय पुगेर करिब एक घण्टा आफ्नो लिगल टीमसँग कुराकानी गरेको जनाएको छ ।

समाचारका अनुसार भंसालीले ‘गोलियों की रासलीलाः रामलीला’ मा सुशान्तलाई अफर गरेका थिए । तर पछि उनले यो भूमिका रणवीरलाई दिएक थिए । उनले ‘बाजीराव मस्तानी’ का बेला पनि यस्तै गरेको आरोप लगाइएको छ । ‘बाजीराव मस्तानी’मा पनि भन्सालीले सुरुमा सुशान्तलाई अप्रोच गरेर पछि उनलाई हटाई रणवीर सिंहलाई कास्ट गरेका थिए । मुम्बई पुलिसले भंसालीसँग यी दुबै फिल्मबारे सोधपुछ गर्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!