जेठ १७, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।
अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।
हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । पछिल्लो पटक बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।
यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जना रहेका छन् ।
कपिलवस्तु- १०९ जना
सर्लाही - १७ जना
दैलेखका - १४ जना
सिरहा - ११ जना
सप्तरीका - ९ जना
धनुषा - ७ जना
रौतहट - ६ जना
दाङ - ५ जना
महोत्तरी - ४ जना
पर्सा - २ जना
संखुवासभा - २ जना
झापा - १ जना
ललितपुर - १ जना
बारा - १ जना
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।
मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!