नयाँ कोरोना संक्रमित व्यक्ति लकडाउनपछि महाकाली नदी तरेर नेपाल प्रवेश गरेका थिए

Posted on: 04 Apr, 2020

चैत २२, काठमाडौँ | नेपालमा कोरोना भाइरस संक्रमितको शंख्या ९ पुगेको छ । आज संक्रमित पहिचान गरिएको एक जना पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा नेपाल छिरेका खुलाशा भएको छ ।

अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाएपछि गत चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि सशस्त्र प्रहरीले ती व्यक्तिलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर जाने गाडीमा हालेर पठाइएको पाइएको छ ।

सोही दिन राति १० बजे उनीसहित अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइन घरमा राखेर खाना खुवाएको पाइएको छ । बेदकोट नगरपालिकाले बनाएको त्यही सुन्दरपुर क्वारेन्टाइनमा उनलाई राखिएको थियो । 

अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै काठमाडौँस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिमले उनको स्वाव परीक्षणका लागि ल्याएको थियो । 

परीक्षणको क्रममा ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयले आज मात्र ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!