नयाँ संक्रमितलाई लक्षणनै छैन ! यस्तो छ चौथो संक्रमितको युएइदेखि कैलालीसम्मको यात्रा

Posted on: 04 Apr, 2020

चैत २२, धनगढी | नेपालमा कोरोना भाइरस संक्रमितको शंख्या ९ पुगेको छ । आज थप ३ जना संक्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको शंख्या ९ पुगेको हो । 

नेपालमा हालसम्म विदेशबाट आएकाहरुलाई मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई समेत पहिलो पटक कोरोना संक्रमण भएको भेटिएको छ । 

विदेशबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । उनि १२ दिन अघि परिवारको सम्पर्कमा पुगेका थिए । विदेशबाट आएर घरमै बसेका संक्रमितको भाउजुलाई कोरोना संक्रमण भएको हो । संक्रमित भेटिए पनि ति महिलामा हालसम्म कुनै लक्षण समेत देखिएको छैन । 

संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। त्यसमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमित देखिएपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स पठाएर शनिबारनै संक्रमित महिलालाई अस्पताल ल्याएको छ । 

धनगढीका संक्रमित व्यक्ति चैत ७ गते दुबईबाट फ्लाई ईमरेट्सको ईके ०१५० नम्बरको प्लेनबाट भारतको दिल्ली आएका थिए । दिल्लीबाट उनी त्यही दिन एयर भिस्ताराको उडानमार्फत दिउसो २ बजे काठमाडौ आए । त्यसको भोलीपल्ट अर्थात चैत ८ गते शनिबार दिउँसो १२ बजे उनि बुद्ध एयरको उडानबाट नेपालगञ्ज पुगे । त्यहाँबाट उनि महेन्द्रनगरसम्म हाइसमा चढेर अत्तरिया पुगेका थिए ।


त्यसपछि उनि तीन दिनसम्म घरमै बसे । दिल्लीबाट आएको तेश्रो दिन चैत १० गते उनलाई राति ज्वरो आएपछि ११ गते बिहान अस्पताल पुर्‍याइएको थियो । चैत १४ गते उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता उनको पूरै परिवारलाई जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो । तर पछि घरमा कोहि नभएपछि होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई घर फर्किएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!