कोरोना सङ्क्रमित युवतीसँगै आएका दम्पतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

Posted on: 28 Mar, 2020

चैत १५, स्याङ्जा । कतारबाट आएकी कोरोना सङ्क्रमित युवतीसँगै आएका स्याङ्जा फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

युवतीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएकामा शुक्रबार नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोरोना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!