कोरोना संक्रमित युवक युएईबाट आएका थिए, होटलमा बसेका थिए

Posted on: 25 Mar, 2020

चैत १२, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित भएका व्यक्ति चैत ६ गते युएईबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिए ।

उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । 

कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको हो ।

नेपालमा कोरोनाको पछिल्लो अपडेट 

गत चैत ४ गते  फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा पनि संक्रमण पत्ता लागेको थियो । कोरोनाभाइरसबाट संक्रमित तीन जनामध्ये १ जना सामान्य अवस्थामा फर्किसकेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएको छ । नमुना परीक्षण गरीएकामध्ये तीन जनामा मात्र कोरोनाभाइरस संक्रमित फेला गरेको प्रयोगशालाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!