युएइमा मृत्यु भएका एकको शब काठमाडौँ ल्याइयो, शवसँगै आएकाहरु क्वारेन्टाइनमा

Posted on: 23 Mar, 2020

चैत १०, काठमाडौँ | फागुन १० गते यु.ए.इमा मृत्यु भएका एक नेपाली युवाको शव काठमाडौँ ल्याइएको छ । 

वैदेशिक रोजगारीमा गएका सिराहाका विवेक थापाको शब आज यु.ए.इ. बाट एअर इत्तिहादको जहाजमा आज साँझ नेपाल एअरपोर्ट ल्याइर्एको हो । 

मृतकको शव एअरपोर्टबाट पशुपति आर्यघाटसम्म ढुवानीको लागि वैदेशिक रोजगार वोर्डले शव बाहन सेवा उपलब्ध गराइएको छ । 

वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार मृतक थापाको शव ल्याउने दुइजना यात्रुहरूलाई क्वारेन्टाइनमा लगिएको छ । 

यो पनि हेर्नुहोस्:

कोरोना भाइरसको पछिल्लो अपडेट हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!