बझाङमा जीप दुर्घटना,९ जना घाइते

Posted on: 20 Feb, 2020

फागुन ८, बझाङ | बझाङमा जीप दुर्घटना हुँदा गाउँपालिकाकी उपाध्यक्ष पाउसरा थापासहित ९ जना घाइते भएका छन् | बिहिबार बिहान ११ बजे महेश्वरी मावितर्फ जादै गरेको ०१००१ज१२२० नम्बरको जीप खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा दुर्घटना भएको हो |

दुर्घटनामा दुईजना नरेन्द्र उपाध्याय र सुमन विकको अवस्था गम्भिर रहेको प्रहरी चौकी छान्नाले जनाएको छ | खप्तडछान्ना गाउँपालिकाको महेश्वरी माविमा आज देखी सुरु हुन लागेको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कपको उद्घाटन समारोहमा सहभागी हुन जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ |

जिपमा एक दर्जन बढी यात्रु सवार रहेको बताइएको छ | गाउँपालिकाकी उपाध्यक्षको अवस्था भने समान्य रहेको छ | घाइते सबैलाई उपचारका लागी जिल्ला अस्पताल पठाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!