बाजुरामा चार रेक्टरको भूकम्प

Posted on: 20 Feb, 2020

फागुन ८, बाजुरा | बुधबार राति ९ बजेर १३ मिनेटमा बाजुरा केन्द्रबिन्दु बनाएर चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ | जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। 

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए | उहाँले  भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई  निर्देशन दिएको बताए। भूकम्पछि केही भागदौड भएको बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!