बैतडी कारागारका एक कैदीको कैद माफ

Posted on: 19 Feb, 2020

फागुन ७, बैतडी | बैतडीमा ७०औँ प्रजातन्त्र दिवसको अवसरमा एक कैद मिनाहा भएको छ | दिवसको अवसरमा दोगडा केदार गाउँपालिका– ५ का ३० वर्षीय चक्र बहादुर चन्दको ६ वर्ष कैद मिनाहा गरिएको हो।

ज्यान मार्ने उद्योगमा २०७० साल असोज ३ गते देखि १२ वर्ष कैद भुक्तान गरिरहेका चन्दलाई आज ४७ प्रतिशत कैद माफी दिँदै मिनाहा गरेको जिल्ला कारगार बैतडीका जेलर अनिल तिवारीले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!