चीनबाट ल्याइएका नेपालीको अवस्था: स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो बिज्ञप्ति

Posted on: 19 Feb, 2020

फागुन ७, काठमाडौं | चिनबाट नेपाल ल्याएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ | मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको ऊहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका हुन् |

मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ | 

सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर भक्तपुरमा राखिएको छ | चिनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसले विश्वापीरुप लिएपछि सबै देशले आफ्ना नागरिकलाई स्वदेश लागेको थियो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!