गुण्डा नाइके सत्यमान लामा पक्राउ

Posted on: 18 Feb, 2020

फागुन ६, काठमाडौं | नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् | उनी होटल सांग्रिला अगाडिबाट पक्राउ परेका हुन् |

 सोमबार राति मादकपदार्थ सेवन गरि प्रहरीसंग विवाद गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो |लामालाई हाल महानगरीय प्रहरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ | गुण्डानाइके दावा लामाका सहयोगीका रुपमा चिनिएका लामा यसअघि पनि ठगी लगायत विभिन्न मुद्दामा पक्राउ परेर छुटेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!