रोल्पामा लुटेरा समुहले मुखमा कोचेको कपडाका कारण एक वृद्धको मृत्यु

Posted on: 02 Feb, 2020

माघ १९, रोल्पा | रोल्पामा घरमा लुटपाट गर्न गएका लुटेराले मुखमा कोचिदिएको कपडाका कारण एक वृद्धको मृत्यु भएको छ |  मृत्यु हुनेमा परिवर्तन गाउँपालिका वडा नं. ६ भनभने निवासी ७२ बर्षीय बलबहादुर बुढा रहेका छन् |

उनको घरमा लुटपाट गर्न गएका लुटेराले बाँधेर मुखमा कपडा कोचिदिएका थिए | माघ १६ गते राति करिव १० बजे लुटेराहरुको एक समुह बुढाको घरमा लुटपाट गर्न गएको प्रहरीले जनाएको छ | उक्त समुहले  ७२ बर्षीय बुढा र उनकी ७० पत्नि कवँली बुढालाई हातखुट्टा बाँधेर मुखमा कपडा कोचेका थिए |

माघ १६ गते राति हातखुट्टा बाँधेर मुखमा कपडा कोचेकै अवस्थामा लुटेराको समुहले लुटपाट गरेर भागे | तर छिमेकी समेत कसैलाई थाहा भएँन | १७ गतेको दिन बुढाको घरमा बत्ती किन बती बलेन भनेर छिमेकी हेर्न जाँदा बुढा दम्पत्ति बाँधेकै अवस्थामा देखेपछि उद्धार गरिएको थियो | त्यति बेला सम्म ७२ बर्षीय बलबहादुर बुढाको मृत्यु भइसकेको थियो भने उनकी पत्नि कवँलीको अवस्था पनि गम्भीर थियो |

उनलाई स्थानीयले अस्पताल लागे र घटनाबारे प्रहरीलाई पनि जानकारी गराए | उनको घरबाट करिब एकलाख नगद र साढे दुई तोला जति सुन लुइटेरा समुहले लागेको छ | घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!