ट्याक्टरले किचेर बैतडीमा एक जनाको मृत्यु

Posted on: 28 Jan, 2020

माघ १४, बैतडी | बैतडीको पाटनमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ |

जिल्लाको पाटन नगरपालिका १ स्थित म १ त ११७२ नम्बरको ट्याक्टरले किच्दा अन्दाजी ३५ बर्षीय स्थानीय नरेन्द्रराज भट्टराईको मृत्यु भएको हो | जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भट्टराई सोही ट्याक्टरमा सवार थिए | 

उनी एक्कासी खसेपछि ट्याक्टरले किचेको हो |  ट्याक्टर चालक धनगढीका दिनेश रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!