वीरगञ्जमा कोठा भित्र आमा–छोरीको शव फेला

Posted on: 10 Dec, 2019

मंसिर २४, पर्सा | वीरगञ्जमा आमा–छोरीको शव फेला परेको छ |  वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको हो | बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका छन् |

उनी मोहन झाको घरमा डेरा गरेर बस्दै आएका छन् | घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा जानकारी गराएका थिए | प्रहरीले ताल्चा फुटाएर हेर्दा कुहिएको अवस्थामा शव फेला परेको थियो | प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको छ |

घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!