टुटल-पठाओ बन्द गर भनेको छैन:यातायात मन्त्रालय

Posted on: 22 Nov, 2019

मंसिर ६, काठमाडौं | टुटल-पठाओ बन्द गराउन यातायात व्यवस्था विभागले जारी गरेको सूचनाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बेखबर रहेको छ | टुटल-पठाओले दुई पाङ्ग्रेमा सार्वजनिक यातायात सुविधा दिदै आएको छ |

टुटल-पठाओ बन्द गर्न मन्त्रालयले निर्देशन नदिएको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए | उक्त बिषय यातायात  विभागको कार्यक्षेत्रमा पर्ने बताउँदै  विभागले यातायात नीति बनाइरहेको र त्यो मन्त्रालयमा आएपछि थप छलफल हुने उनले जानकारी दिए |

गत आइतबार यातायात विभागले टुटल-पठाओ र अन्य निजी सवारीलाई भाडामा मान्छे नबोक्न सूचना जारी गरेको थियो। रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न नपाउने प्रावधान यातायात व्यवस्था ऐनमा भएकाले सूचना जारी गरिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!