कर्णाली प्रदेश सरकार द्वारा प्रत्येक नागरिकको एक लाखको वीमा

Posted on: 18 Sep, 2019

असोज १, काठमाडौं | कर्णाली प्रदेशको प्रदेश सरकारले नागरिकलाइ एक रु लाखको बिमा गरेको छ | कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय वीमा कम्पनीसँग सम्झौता गरेको हो | कम्पनीकाबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले बिमा सम्झौता हस्ताक्षर गरेका हुन् |

सचिव यादवका अनुसार १७ लाख ७० हजार कर्णालीवासीका लागि विपद्विरुद्ध सामुहिक दुर्घटना वीमा गरिएको हो |  प्र्देशबासीको विपद् अर्थात दुर्घटनामा मृत्यु भएमा वीमावापत एक लाख रकम उपलब्ध गराइने  सम्झौता भएको छ |

जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिस अनुसार १० जिल्लाका १० हजार घरको वीमा गर्ने तयारी गरिएको प्रदेश सचिव यादवले जानकारी दिए  | घरको वीमा ५ लाखको हुने समितिको सिफारिस नआएका कारण  ढिला भएको उनको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!