मृगौला पिडित परियारद्धारा सहयोगको याचना

Posted on: 18 Sep, 2019

११ भदौ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन ।


४२ वर्षिय विष्णू परियार ३ वर्ष मलेशिया वसेर फर्केका थिए । सामान्य प्रेसरका विरामी परियालाई एक्कासी दूवै मृगौला फेल भएको थियो । उनका २ वटा वच्चा रहेका छन भने आर्थिक अवस्था धेरै नै नाजूक रहेको छ । हप्तामा ३ पटक डायलसीस गर्नु पर्ने, ३ हजार वरावरको ईन्जेक्सन लगाउनू पर्ने भएका कारण पनि आर्थिक अभाव भएको छ । उनको हाल टिचिङ हस्पीटल काठमाडौमा उपचार भईरहेको छ ।


नेपाल सरकारवाट डायलसीसका लागी निशुल्क व्यवस्था भएता पनि समयमा पालो नपाउदा अन्य प्राईभेट अस्पतालमा डायलसीस गर्नुपर्ने अवस्था रहेको श्रीमती लक्ष्मी परियारले वताईन । श्रीमती परियारले कुश्मामा ट्रेलरिङ पेशा गर्दै आइरहेकी छिन । सवैले केहि न केहि आर्थिक सहयोग गरेमा श्रीमानले पुर्न जीवन पाउने उनी बताउँछन ।


शुरुमा परियारकी आमाले मुगौला दान गर्ने बताए पनि पछि आमाले मृगौला दिन इकार गरे पछि परियार थप समस्यामा छन । आमाले मृगौला दिन नमानेपछि श्रीमति आफैले मृगौला दिएर भएपनि श्रीमान बचाउने बताएकी छिन । मृगौला प्रत्यारोपणको क्रममा रहेको परियारको परिवारलाई सवैले आर्थिक सहयोग गरेमा उनले नयाँ जीवन पाउनेछन ।


कृपया उहाँलाई सहयोग गर्न चाहानेले यो सम्पर्कमा सहयोग गरीदिनुहोला


गण्डकी बिकास बैक शाखा पर्वत


नाम : लक्ष्मी परियार


खाता नम्बर : 00701700029421000001

यस बिषयमा तपाइको प्रतिक्रिया...!