युवतीमाथि दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद ५ हजार धरौटीमा थुनामुक्त

Posted on: 18 Sep, 2019

असोज १, काठमाडौँ |  पूर्वसभासद योगेन्द्र घिसिङ ५ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् | सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका उनलाई  जिल्ला प्रशासन कार्यालय, ललितपुरले ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई थुनामुक्त गरिएको हो |

रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार घिसिङले २१ वर्षकी युवतीलाई दुर्व्यवहार गरेको भन्दै अन्य यात्रुले नियन्त्रणमा लिएका थिए | प्रहरीलाई जिम्मा लगाएपछि उनीविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो ।

उनी संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् बनेका थिए ।  तर, घिसिङले स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गरेकाे भन्दै ललितपुर जिल्ला पार्टीले निस्कासन गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!