अस्मिताको बयान: शालिकरामसँग प्रेम, विवाहित रहेको खुलेपछि दरार, रविलाई भनिदिन आग्रह

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौँ | पत्रकार शालिकराम आत्महत्या प्रकरणको तीन आरोपी मध्ये अस्मिता भनिने रुकु कार्कीको बयानबाट अस्मिताले शालिकरामसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेकी अस्मिता कार्कीले शालिकराम पुडासैनीसँग प्रेम सम्बन्ध स्वीकार गर्दै शालिकराम बिबाहित रहेको थाहा पाएपछी टाढिएको बयान दिएकी छन् ।  

उनले दिएको बयान अनुसार शालिकरामले बिबाहित हुँदाहुँदै आफूलाई धोका दिएको बयान दिएकी छन् । शालिकराम बिबाहित रहेको असलियत खुलेपछि अस्मिता टाढिन चाहेपनि शालिकरामले फोन गरी दुःख दिएको र न्युज २४ का क्यामेरा पर्सन अनिल ढुंगेललाई भेटि यसबारे जानकारी गराएको बयानमा उल्लेख छ । 

ढुंगेलमार्फत अस्मिताले आफूलाई शालिकले दु:ख दिएको कुरा रवि लामिछाने समेतलाई जानकारी गराइदिन आग्रह गरेको र शालिकसंग  भएको कुराकानीको फेसबुक म्यासेजका केही स्कृन-सटहरु समेत अनिललाई दिएको उल्लेख छ । 

‘सो विषयमा निज अनिल ढुंगेलले प्रतिवादी रवि लामिछाने, युवराज कँडेल समेतलाई जानकारी गराएको भनेका थिए, मृतकसँग सम्बन्ध बिग्रपछि मैले अनिल ढुंगेललाई शालिकराम र मेरोबीचको मेसेज तथा अन्य कुराकानी सेयर गरिदिएकी थिएँ र सो पश्चात अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछानेले सो सम्बन्धमा सल्लाह गरी पुडासैनी हतोत्साहित हुने किसिमले केही कुरा भनेको या गरेको हुनपर्छ’ अस्मिताको बयानमा आधारित अभियोगपत्रको पृष्ठ नम्बर १३ मा उल्लेख छ । 

अस्मिताको बयान अनुसार सोही कारणबाटै शालिकरामले आत्महत्या गरेको हुनुपर्छ भन्ने बयान दिएकाले उनको कारणबाट समेत आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना भएको दाबी गरिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!