रोल्पाको परिवर्तन गाउँपालिका वडा कार्यालयमा बम विस्फोट

Posted on: 26 Aug, 2019

भदौ ९, रोल्पा | रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ को कार्यालयमा बम विस्फोट भएको छ। आइतबार राति अज्ञात समूहले विस्फोट गराउँदा कार्यालयको ढोकामा क्षति पुगेको छ। घटनास्थलमा प्रहरी पुगिसकेको र धेरै क्षेती भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ | 

प्रहरीका अनुसार घटनामा संलग्नहरूको खोजी सुरू गरिएको  छ | पानी परिराखेका बेला विस्फोट भएकोले थप क्षति हुन नपाएको हो । घटनास्थलमा विस्फोट गराइएका टुक्राहरू र जुटका टुक्रा फेला परेका छन्।

कित्लीको टुक्रा घटनास्थलमा भेटिएकोले त्यसमा बम राखेर विस्फोट गराएको अनुमान प्रहरीको छ।

 घटनाको कसैले जिम्मेवारी लिएको छैन। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!