रवि लामिछानेको रिहाइको माग गर्दै बाग्लुङमा पदर्शन

Posted on: 24 Aug, 2019

हेम विश्वकर्मा | भदौ ७, बुर्तिबाङ | टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग राख्दै बुर्तिबाङमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजनकर्मी लामिछानेको रिहाइको माग गर्दै स्वतन्त्र युवा संञ्जालले आज ढोरपाटन नगरपालिकाको बुर्तिङमा प्रदर्शन गरेका हुन् । 


सन्तोष भण्डारीको नेतृत्वमा बुर्तिबाङ बसपार्कमा भेला भएका समर्थहरु रविको समर्थनमा नाराबाजी गर्दै उपल्लो बजार हुँदै  नेपाल बैँक चोकमा आइ कोणसभामा परिणत भएको थियो । सोही अवसरमा बोल्ने बक्ताहरुले निष्पक्ष रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरका छन् । युवा समाजसेबी यामु पौवीले वर्तमान सरकार निर्मला हत्या प्रकरण, ३३ किलो सुन काण्ड लगाएत काण्डै काण्डमा मुछिएकोले निर्दोस ब्यत्तिलाई फसाउने षड्यन्त्र भएको आरोप लगाउनुभयो ।


माउन्टेल टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्य प्रक्ररणको छानबिनका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनजना अहिले चितवन प्रहरीको हिरासतमा छन् ।

उनीहरुलाई अदालतले दोस्रोपटक थपेको म्याद भोलि सकिँदैछ । शालिकरामले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीले मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

सोही भिडियोका आधारमा आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछाने सहित तीनैजना पक्राउ परेका हुन् । तर रवि समर्थकहरु भने यो घटनामा उनको कुनै दोष नरहेको दाबीसहित फसाउन नहुने भन्दै प्रदर्शनमा उत्रेका छन्  ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!