आत्महत्या गरेका थिए भने सालिकरामको खुट्टामा घाउ कसरी भयो ?

Posted on: 21 Aug, 2019

भदौ ४, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण हत्या वा आत्महत्या के हो भन्ने बिषयमा पोष्टमार्टमले आत्महत्या भएको जनाएको छ ।  पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्टले उनको झुन्डिएकै कारण मृत्यु भएको जनाएको हो । 

मंगलबार पोष्टमार्टम रिपोर्टबारे जानकारी दिँदै सालिकको झुन्डिएकै कारणले मृत्यु भएको जानकारी दिईएको छ । पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख दानबहादुर मल्लले जानकारी दिएका छन् ।

यसैबीच आत्महत्या दुरुत्साहनको आरोप लागेर चितवनमा हिरासतमा रहेका पत्रकार रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीसंग मंगलबार बयान सकेर समय थप गर्ने नगर्ने भन्ने विषयमा भएको बहसपछि पोष्टमार्टम, ल्याब रिपोर्ट र डोरीको विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएपछि अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

पत्रकार पुडासैनीको मृत्युपछि श्रीमतीले तीनजनाको नाममा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दर्ता गराएसँगै थप अनुसन्धानका लागि प्रहरीले समय मागेको थियो । 

घटना प्रकरणलाई पोस्ट मार्टम रिपोर्टले आत्महत्या भएको जनाउदै गर्दा जनमानसमा खुट्टामा रडले हानेको भन्दै पोष्टमार्टम रिपोर्टमै शंका रहेको टिप्पणी गरेका छन् । तर घटनाको प्रकृति अध्ययन गर्दा पुडासैनीले आफै आत्महत्या गर्ने क्रममा पासो लगाएर टेवलबाट एक्कासी हामफाल्दा गर्धनको हड्डी चुडिएर मृत्यु भएको बुझिएको छ भने खुट्टामा रहेका केहि दागहरु पुडासैनीले मृत्युको संघर्षका क्रममा उनको खुट्टाको भागले खाट र भुइँ छोएको अवस्थामा खुट्टा पटक-पटक खाटको धारमा ठोक्किएर खुट्टाको तल्लो भागमा चोट लागेको हुनसक्ने बताइएको छ ।  

सामाजिक संजालमा सरिरभरी घाउ भएको सरिर सालिकको नभएर  भारतमा २०१८ मै घटेको एक घटनाको भएको पुष्टि समेत भएको छ । परिवारकै अगाडी मुचुल्का उठाउने क्रममा सरिरको माथिल्लो भागमा चोट देखिएको उल्लेख थिएन तर सरिरमा डाम भएको तश्वीरहरु एकाएक भाइरल भएपछि त्यसैको आधारमा घटनाको सत्यतथ्य नबुझी हत्या गरिएको भन्दै पर्दर्शन गरिएको थियो । 

सालिकले झुन्डिनको लागि डोरी किन्न गएको पसल भेटिएको तथा सिसि क्यामरामा समेत डोरी किन्न जाँदाको अवस्थामा दृश्य कैद भएको प्रहरीले जनाएको छ । डोरी किन्न गएको दृष्यले समेत पुडासैनी आफैले आत्महत्या गरेको बिषयलाई थप पुस्टि गर्न सहयोग गरेको छ । पुडासैनीले गरेको फेसबुक च्याटको आधारमा पनि उनले आत्महत्यानै गरेको भन्ने आधारहरु छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!