सिंहदरबारभित्र मृत भेटिएका कर्मचारीको ‘सुसाइड नोट’ भेटियो

Posted on: 20 Aug, 2019

भदौ ३, काठमाडौं । मंङ्गलबार राष्ट्रिय योजना आयोग सिंहदरबारस्थित कार्यालयभित्रै मृत अवस्थामा फेला परेका नायब सुब्बा बच्चु केसीको साथबाट सुसाइड नोट फेला परेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमा बुढाथोकीले केसीको साथबाट एक सुसाइड नोट भेटिएको पुष्टि गरे । 

कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सुसाइड नोटमा ‘कसैलाई दोष नदिनु’ भनेर लेखेको डीएसपी बुढाथोकीले बताए । सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ । साँझ ५ः२७ बजे केसी बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि केसी राति ११ बजे कार्यालय छिरेको पाइएको छ । 

केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा समेत भेटिएको छ । आयोगका कर्मचारीले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

केसीको शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाउन तयारी भइरहेको प्रहरीले जनाएको छ । 

यो पनि पढ्नुहोस 

राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबारभित्रै मृत फेला

http://sajhasabal.com/kathmandu/society/58048

यस बिषयमा तपाइको प्रतिक्रिया...!