रबि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालत लगिँदै

Posted on: 20 Aug, 2019

 भदौ  ३, चितवन | पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ । 

बयान सकिए लगत्तै उनीहरुलाई आज म्याद थपका लागि अदालत लगिँदैछ । यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले ५ दिनको म्याद दिएको थियो । तर अनुसन्धानका लागि अझैँ समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले बताए । 

प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ । आत्महत्या अघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियामा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!