प्रधानमन्त्री ओली थप उपचारका लागि बिहीबार सिंगापुर जाने

Posted on: 20 Aug, 2019

भदौ ३, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार सिंगापुर जाने भएका छन्। यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का सिंगापुर उड्न लागेको उनको नीजि सचिवालयले पुष्टि गरेको छ।

यसअघि ओली सिंगापुर जाने खबर विभिन्न सञ्चारमाध्यमहरुमार्फत् बाहिरिएतापनि ओलीको सचिवालयले भने इन्कार गर्दै आएको थियो। प्रधानमत्री निकट स्रोतका अनुसार ‘यसपालीको उपचारमा प्रधानमन्त्रीलाई केही नयाँ औषधी चलाइएको थियो, त्यसको प्रभाव कस्तो छ भनेर जानुपर्ने थियो तर समय निश्चित थिएन । 

अब भने उहाँ पाँच गते सिंगापुर जाने टुंगो लागेको छ’ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!