साउन २९, काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ | मंगलबार मात्रै १ हजार बढेर प्रतितोला ७१ हजार कायम भएको थियो भने हिजो कायम भएको मूल्यमा सात सय घटेर ७० हजार ३०० प्रति तोला आज कायम रहेको हो |
नेपाल सुनचाँदी व्यवसायी संघले बुधबार छापावाल सुनको प्रतितोला मूल्य ७० हजार ३ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि ७० हजार कायम भएको छ | भने चाँदीको प्रतितोला मूल्यमा १५ रुपैया घटेर आज ८ सय २० रुपैयाँ कायम भएको छ ।
लगातार सुनको भाउ बढेपछि कारोबार ठप्प भएको ब्यबसायीहरु बताउछन | आज भने प्रतितोला सुनमा ७ सय र चाँदीमा १५ रुपैया घटेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!