सुनको मुल्यले अहिले सम्मकै रेकर्ड तोड्यो, कति पुग्यो आज ?

Posted on: 19 Jul, 2019
साउन ३, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च स्थानमा पुगेको छ । आज सुन तोलामा ६५ हजार ५ सय रुपैयाँको अर्को नयाँ रेकर्ड कायम भएको छ।

सुनले असार ६ गते ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।  त्यसयता सुन प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइरहेको थियो ।

सुन एक हप्तासम्म लगातार एउटै मूल्यमा ६४ हजार ५ सय रुपैयाँमामात्रै कारोबार भइरहेको सुन हिजो ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भयो।

आज सुन हिजोको मूल्यमा फेरि ५ सय रुपैयाँ बढेर अहिले सम्मकै उच्च मूल्यको नयाँ रेकर्डमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

 आज चाँदी प्रतितोला ५ रुपैंयाँले घटेर तोलामा ७ सय ६० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!