त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतीको जहाज धावनमार्गमा चिप्लियो

Posted on: 12 Jul, 2019

असार २७, काठमाडौँ | अवतरणका क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  धावनमार्गमा  यती एयरलाइन्सको विमान  चिप्लिएको छ ।  सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दिए | 

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानकाे उडान-अवतरण  दुवै अवरुद्ध बनेको छ । 

आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने जानाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!