सुर्खेतबाट विप्लव निकट रेड युथफोर्स अध्यक्ष पक्राउ

Posted on: 11 Jul, 2019

असार २६, सुर्खेत | जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी विप्लव समूह निकट भातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् । उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

 विशेष सूचनाका अधारमा सुर्खेत पिपिरा नजिकैको क्षेत्रमा शङ्कास्पद शिखरलाई प्रहरीले जाँच शुरु गरेपछि उनले प्रहरीसँग वादविवाद गरेका थिए । विवादको क्रममा उनलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शिखर विप्लवका कार्यकर्ता ठहर भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । उनी युथफोर्र्सको अध्यक्षको साथै युवा सङ्गठन भेरी कर्णाली ब्यूरोको सदस्यसमेत भएको जनाइएको छ ।

  हाल सुर्खेत प्रहरीले विप्लव समूहका गतिविधिका साथै लागुऔषधलगायतका सामाजिक अपराधको तीव्र निगरानी गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!