नेपालगन्जका युवाको मलेसिया मृत्यू

Posted on: 11 Jul, 2019

असार २६, कोहलपुर । रोजगारीको शिलशिलामा मलेसिया पुगेका बाँके नेपालगन्जका एक युवाको मृत्यू भएको छ । नेपालगन्जका युवा दिनेश पौडेलको सडक दुर्घटनामा परेर मलेसियामा मृत्यू भएको हो । 

मलेसियाको पोटकेलाङ स्थित ‌‌वस्पोट नजिकै काम सकेर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटनास्थल मै मृत्यू भएको बताइएको छ । बिगत २ बर्ष देखि पोटकेलाङको गोज एण्ड डोम इन्टर्प्राइजेज एसडिएन बिएचडी कम्पनीमा कार्यरत पौडेलको बिपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिदा मंगलबार बिहान ज्यान गएको थियो । उनको शवं पोस्टमार्टमको लागी केलाङ हस्पिटलमा लगिएको मलेसियाबाट पुरुषत्वम कार्की ढोलीले जानकारी दिए ।

 उनका अनुसार आवश्यक कागजात र कानुनी प्रक्रिया पु¥याई पौडेलको शवंलाई नेपाल पठाउने प्रक्रियामा कम्पनी रहेको छ । मृतक पौडेलको आत्माको चिर शान्ती र शोकाकुल परिवारजन प्रती धैर्य धारणको कामना गर्दै प्रवासि नेपाली हातेमालो कल्याणकारी समाज पोटकेलाङ मलेसियाले शोकसभा आयोजना समेत गरेको थियो । रोजगारीको शिलशिलामा खाडि मुलुक पुगेका नेपालीहरुको विभिन्न कारणले मृत्यू हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!