बैतडीको पाटन बसपार्कमा सब फेला

Posted on: 09 Jul, 2019

कृष्ण बिष्ट | असर २४,  बैतडी | बैतडीको पाटन नगरपालिका  वडा नम्बर ६ बषपार्क  नजिक आज  विहान सब फेला परेको छ ।

पाटन नगरपालिका  वडा नम्बर ६ खिपालिका करिब ४५ वर्षीय पृथ्वी राज अवस्थीको  सब  फेला परेको हो ।

२३ गते विहान घरबाट बजार  आएका उनि आज  विहान मृत भेटिएको प्रहरीले जनाएको छ । आज बिहान पाटन बजार क्षेत्रमा निर्माणधिन नयाँ बसपार्क परिसर भित्र  सव फेला परेको हो । 

उनको  टाउकोको दाया पट्टी घाउ भएको अवस्थामा सब फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख बलभद्र खडायतले जानकारी  दिनुभयो ।

आज बिहान करीब ८ः३० बजे स्थानियले सब देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

सवलाई पोसटमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटना बारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!