करेन्ट लागेर महिलाको मृत्यु

Posted on: 15 Jun, 2019

जेठ ३२, बाँके | बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्तालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकका बुबाले अटो रिक्सा चार्ज गर्न जोडेका बेलामा आँगनमा कुचो लगाउँदै गरेकी अनितालाई एक्कासी करेन्ट लागेको थियो । 

यसैबीच बाँके राप्ती सोनारीको बिनौना हरिहरपुर जोड्ने पुल निर्माणको कार्यमा संलग्न एक भारतीय मूलको मजदूरको मृत्यु भएको छ । शुक्रबार साँझ पुलको पिल्लर बनाउने क्रममा चोट लागेर गम्भीर घाइते भएको भारत पश्चिम बङ्गाल मालदाको १८ वर्षीय मरिउल स्लामको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले आज जनाएको छ । प्रहरीले दुवैको शव आवश्यक अनुसन्धान पूरा गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!