भ्रष्टाचार आरोप लागेका पाठकसँग ७८ लाख धरौटी माग

Posted on: 15 May, 2019

जेठ १, काठमाडौं । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

बुधबार थुनछेक बहसपछि विशेष अदालतले पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाउने तयारी गरेका छन् । भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

विशेष अदालतले बुधबार नै पाठकसँग बयान लिएको थियो । नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!