श्रीमतीद्वारा ढुंगा प्रहार गरि आफ्नै श्रीमानको हत्या

Posted on: 22 Apr, 2019

बैशाख ९, पाल्पा | पाल्पामा सोमवार श्रीमतीले श्रीमानलाई ढुङ्गा प्रहार गरि हत्या गरेकी छन् । अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का  ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । 

पाल्पास्थित उनको माइतीघरमा ढुङ्गा प्रहार गरि गम्भीर घाइते भएका लोकबहादुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाल्पाको रैनादेवी गाउँपालिका–३ , छहरास्थित माइतीमा बिहान करिव ८ बजेको समयमा घरयासी विवादका क्रममा मेगलीले श्रीमानलाई ढुङ्गा प्रहार गरेकी थिइन् । 

एकै घरमा तीन अपाङ्ग थिए । श्रीमती सुस्तमनस्थितिकी र उनका तीन सन्तानमध्ये दुई  सन्तान पनि अपाङ्ग रहेको प्रहरीले जानकारी दिएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!