दाङ : एथलेटिक्समा सन्तोषीको कीर्तिमान

Posted on: 21 Apr, 2019

वैशाख ८, लमही । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा भएको एथलेटिक्सको महिला पाँच हजार मिटर दौडमा एपिएफ क्लबकी सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

सन्तोषीले निर्धारित दूरी १६ मिनेट ३८ दशमलव ५३ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितिन् । उनले कान्छीमाया कोजुले बनाएको कीर्तिमान भङ्ग गरेकी हुन् । कान्छीमायाले सन् २०१० मा चीनको गोञ्जाओमा १६ मिनेट ४९ दशमलव ९८ सकेन्डको कीर्तिमान बनाएकी थिइन् । यस्तै १६ मिनेट ४६ दशमलब ३ सेकेन्डमा पूरा गरेकी आर्मीकी विश्वरुपा बुढाले रजत जितिन् । 

यस्तै चारगुणा ४०० मिटर रिले दौडमा महिलातर्फ आर्मीले राष्ट्रिय कीर्तिमान बनायो । कृष्णा चौधरी, सङ्गीता मेचे, सरस्वती भट्टराई र तुलसा खत्री रहेको टिमले चार मिनेट दुई दशमलब ४८ सेकेण्डमा सो दूरी पूरा गरस्वर्ण पदक जितेका थिए ।  

महिला क्रिकेटः सुदूरपश्चिम, प्रदेश १, २ र एपिएफ सेमिफाइनलमा

आठौँ राष्ट्रिय खेलक्ूद प्रतियोगिताअन्तर्गत दाङको लमहीमा जारी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, प्रदेश १, प्रदेश २ र एपिएफ क्लब सेमिफाइनल प्रवेश गरेका छन् । 

सोमबार एपिएफ क्लब र प्रदेश २ बीच तथा प्रदेश १ र सुदूरपश्चिमबीच खेल हुनेछ । आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश ३ लाई १९ रनले पराजित गरेको हो । टस जितेर  ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाउँदै १२७ रन बनायो । एक सय २८ रनको लक्ष्य पछ्याएको  प्रदेश ३ ले १८ ओभरमा १०८ रन मात्रै बनाउन सक्यो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!