नेपाल बन्दले विद्यालय स्तरिय परीक्षा प्रभावित

Posted on: 14 Mar, 2019

स्वस्तिका शाही | फागुन ३० मुगु | नेपाल कम्यूनिष्ट पाटी(विप्लव)ले आज गरेको नेपाल बन्धका कारण मुगु जिल्लाका विद्यालयहरुमा संचालित बार्षिक परीक्षा प्रभावित भएको छ ।

नेकपाको जिल्ला कमिटीले ३० गतेको बन्ध सफल बनाउन भन्दै विद्यालयहरुमा संचालित परिक्षा र विद्यालय बन्ध गर्न पत्र सहित धम्की दिएपछि विद्यालयहरुले परिक्षा संचालन गर्न नसकेका हुन ।

मुगु जिल्लामा रहेका चारवटै स्थानिय तहहरुमा रहेका १४१ विद्यालयहरु मध्य खत्याड गाँउपालिका बाहेक अन्य ३ स्थानिय तहहरुमा रहेका विद्यालयहरुमा गत २६ गतेबाट विद्यालय स्तरिय परिक्षा संचालित हुदै आएको छ ।

सोरु गाँउपालिका,मुगुम कार्मारोङ्ग गाँउपालिका र छायाँनाथ रारा नगरपालिकामा आज रहेका विद्यालयहरुमा नेकपाले पत्र र फोन गरेर बन्ध गर्न

धम्की दिएपछि परिक्षा संचालन हुन नसकेको आफुलाई जानकारी आएको शिक्षा विकास तथा समन्वय ईकाई मुगुका प्रमुख सुर्य बहादुर खत्रीले बताउनु भयो ।

बन्धको कारणले विद्यालय आज परिक्षा दिन विद्यार्थीहरुको उपस्थिती न्यून भएकोले आफुहरुले विद्यालय स्तरिय परिक्षा संचालन गर्न नसकेको सदरमुकाम गमगढीमा रहेको महाकाली नमुना माध्यामिक विद्यालयका निमित्त प्रअ खड्क बहादुर रोकायाले बताउनु भयो ।

कुनै विद्यालयले परिक्षा संचालन गरेमा प्रश्नपत्र बाहिरीने भएकाले पनि आजको परिक्षा संचालन हुन नसकेको हो ।

उता खत्याड गाँउपालिकामा रहेका संचारकर्मी सुमन मल्ले दिएको जानकारी अनुसार त्यहाँ पनि स्थानिय तहका सबै कार्यालय र विद्यालयहरु र

स्थानिय बजार पुर्णरुपमा बन्ध भएका छन भने  सोरु गाँउपालिकामा सरकारी कार्यालय र विद्यालयहरु पनि पुर्णरुपमा बन्ध भएको शिक्षक नवराज बुढाले जानकारी गराउनु भयो । जिल्ला सदरमुकाममा रहेका बजार व्यापारिक पसल,विद्यालय,बैकिङ्ग र गैर सरकारी संघ सस्थाका कार्यालयहरु पनि पुर्ण रुपमा विहानै बाट बन्ध रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!