पत्रकार ऋषि धमलाको कार दुर्घटनाग्रस्त, धमला सहित तीनजना घाइते

Posted on: 10 Mar, 2019

फागुन २६, काठमाडौं | रिपोर्टर्स क्लव नेपालका अध्यक्ष तथा पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ । दुर्घटनाका कारण पत्रकार धमला समेत घाइते भएका छन् । 

लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा दुर्घटना भएको हो । आइतबार बिहान करीव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो ।  


दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने धमला सामान्य घाइते भएको स्रोतले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल चालक र धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् । चालकलाई अस्पताल भर्ना गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!