बसले ठक्कर दिँदा बालकको मृत्यु

Posted on: 23 Feb, 2019

फागुन ११, कावासोती (रासस) | नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा आज दिउँसो एक बालकको मृत्यु भएको छ । 

कावासोती–२ मालपोत चोकमा ना ५ ख ८०४३ नंको जन्ती बसले ठक्कर दिँदा कावासोतीका चार वर्षीय बालक सिजन गोतामेको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका बालक गोतामेको उपचारका क्रममा भरतपुर अस्पलातमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । 

बस पाल्पा रामपुरबाट विवाहसकी कावासोती आउँदै गरेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!