डोटीमा श्रीमानद्वारा आफ्नै श्रीमती बलात्कृत

Posted on: 16 Feb, 2019

फागुन ४, डोटी । डोटीमा एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । 

श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय डोटीमा यही फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताउनु भयो । 

आफनै श्रीमानले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो पटक हो । श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए निज श्रीमानलाई २ वर्ष ६ महिना जेल सजाय हुन सक्ने नियम रहेको प्रहरीले जनाएको छ ।

उनीहरुबीच विवाह भएको ८-९ वर्ष भएको र उनीहरुबाट दुई वटा सन्तान समेत जन्मिसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!