नेपाल महिला सँघ बझाङद्वारा आज सदरमुकाम चैनपुरमा बिरोध प्रदशन

Posted on: 10 Feb, 2019

टेकेन्द्र बोहरा | माघ २७, बझाङ | नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ बझाङले शनिबार सदरमुकाम चैनपुरमा वर्तमान सरकारविरुद्ध विरोध प्रदसन गरेको छ  ।

नेपाल महिला संघ बझाङकी अध्यक्ष शान्ति बोहरा पुजाराको नेतृत्वमा उक्त कार्यक्रम भएको थियो । नेपाली जनताले भोग्नु परेको महंगी देशमा भएको भष्टाचार र अराजकतालाई हटाई निर्मला पन्तलाई न्याय दे भन्दै नेपाल महिला संघ बझाङले केपी सरकार विरुद्ध नारावाजीसहित विरोध सभा गरेको छ ।


नेपाली काँग्रसको पार्टी कार्यालयबाट दिउँसो १२ बजे निस्केको नेपाल महिला संघको विरोध जुलुसले वर्तमान सरकार विरुद्ध नारावाजी लगाउँदै वर्तमान सरकार भष्ट हत्यारा र जनतालाई ठग्ने सरकार भएकाले तुरुन्त राजीनामा दिनु पर्ने भन्दै सदरमुकाम चैनपुर बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा कोण सभा गरेको थियो ।

कोण सभा कार्यक्रममा देश कुराले हैन कामले बनाउन जान्नुपर्छ । दन्ते कथा सुनेर सुनाउने दिन गए । अहिले जनतालाई कुरा हैन काम चाहिएको छ । देश लाई डुवाई , आफु र आफु निकट व्यक्तिहरुलाई समृद्ध बनाउन खोज्ने हत्यारा सरकारले मानवताको धर्म भए राजीनामा दिनुपर्ने महिला संघ बझाङी अध्यक्ष बोहरा पुजाराले बताईन् ।


उनले ओलीलाई गाडिको सहचालकको संज्ञा दिँदै भनिन अब देशमा ठुलो रक्तपात हुने र त्यसको जिम्मा ओली सरकारले लिनु र्पछ । कार्यक्रममा नेपाल महिला संघमा आवद्ध महिलाहरु तथा विभिन्न भातृ संगठनहरुको र कांग्रेसका नेता गणहरुको ठुलो सहभागीता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!